सङ्खुवासभामा आगलागी हुँदा दुई वटा घरमा क्षति

सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा दुई वटा घरमा आगलागी भएको छ ।

गएराति खाँदबारी नगरपालिका–४ मा रहेको भ्याङखोलामा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरुङ र समग्र टोलका पर्शुराम दर्जीको घरमा आगलागी भएको हो ।

आगलागीबाट पवित्रा गुरुङको दुई वटा घरमध्ये एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने पर्शुराम दर्जीको ढुङ्गा, माटो र खरले छाएको तीन तले घर पूर्ण रुपमा जलेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयको सहयोगमा केही समयपछि आगो निभाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । आगलागी हुनुका कारण र क्षति बारेमा विस्तृत विवरण आउन बाँकी रहेको गोदारले बताउनु भयो

प्रतिक्रिया दिनुहोस