दाङ : दाङमा लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले घोराही–४ सुनपुरका १९ वर्षिय विक्रम भण्डारी, गढवा–६ का २८ वर्षिय मनोजकुमार यादव र २१ वर्षका विशाल परियारलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले तीनजनामध्ये भण्डारीलाई घोराही–१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो भने यादव र परियारलाई लमही–४ अर्नवाबाट पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलब ०१ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेका तीनजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनु भयो ।