युगाण्डा : एउटी आमाले कतिवटा बच्चा जन्माउलिन्, पाँच, १० वा १५रु युगाण्डाकी एक महिलाले ४४ बच्चालाई जन्म दिएकी छिन्।
मरियम नाबातन्जी नामकी महिलाले ३६ वर्ष पुग्दा ४४ बच्चा जन्माएकी हुन्।
ती मध्ये ३८ जना जीवित छन्। ६ जनाले भने कुपोषण र मलेरियाका कारण ज्यान गुमाएका छन्।
हाल उनी ४१ वर्षकी भइन्। १२ वर्षको उमेरमा विवाह गरेकी उनले १३ वर्ष छँदा पहिलो बच्चा जन्माएकी थिइन्। विवाहलगत्तै उनी गर्भवती भइन् र त्यसपछि नियमित रूपमा सन्तान जन्माइरहिन्।
गृहयुद्धका कारण ज्यान जोगाउन १२ वर्षको उमेरमा ४० वर्षको अधबैँसेसँग विवाह गरेकी उनले २३ वर्षमा उनले यो संख्यामा सन्तान जन्माएकी हुन्।
उनका ती सन्तानमध्ये धेरै जुम्ल्याहा हुन्। उनले ६ पटक जुम्ल्याहा, चारपटक तिम्ल्याहा तथा तीनपटक चम्ल्याहा जन्माएकी छिन्। उनको पहिलो छोरा २५ वर्ष पुगेका छन्। भने पछिल्लो पटक जन्मेका सन्तानको उमेर भने पाँच वर्ष पुगेका छन्।
सानो घरमा उनीहरू एउटै कोठामा १५ जनासम्म बस्ने गरेका छन्।