दाङ : भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट दाङमा एक युवति घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा तुलसीपुर उपमहागनरपालिका–१७ जिन्वागाउँ निवासी १९ वर्षकी सृजना बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
बिजौरीबाट मानपुरतर्फ जाँदै गरेको यूपि ३८ एल १८०५ नम्बरको मोटरसाइकलले तुलसीपुर उपमहानगरपालिका– १८ भट्टीखोलामा साढे ६ बजे ठक्कर दिएको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेको हात, खुट्टा र शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ । मोटरसाइकल सहित चालक भारतीय नागरिक ३० वर्षका फैजान खानलाई बिजौरी प्रहरीले नियन्त्रणमा लिएको छ ।।