सुन मुल्य प्रतितोलामा ११ सय रुपैयाँ बढ्यो

दाङ : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।

सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको ।

प्रतिक्रिया दिनुहोस