राष्ट्रिय प्रा.वि. केराघारीको ६४ औं बार्षिक उत्सव सम्पन्न

दाङ : दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालय केराघारी दाङको ६४ औं बार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष वीर बहादुर बि।क।को अध्यक्षता एवम शान्ति नगर गाउँपालिकाका प्रमुख प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा बार्षिकोउत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि प्रमोद बस्नेतले विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षकको भुमिका महत्त्वपूर्ण हुने भएकोले ई हाजिरीको व्यबस्था गरेको बताउनु भयो । ईन्टरनेट पालिकाले तत्कालै जोडाइदिने बताउनु भयो ।
गाउँपालिकाको बजेट सबैभन्दा बढी शिक्षामा रहेको बताउनुभयो । मुख्यमन्त्री शैक्षिक सुधारबाट २ लाख बिनियोजन गरिएको बताउनुभयो । १५ दिनभित्र पिउने पानीको ब्यबस्था र पर्खाललाई प्राथमिकक्तामा राखिएको बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति एवम पत्रकार सुशील बस्नेतले गुणस्तरीय शिक्षा , स्व्च्छ पिउने पानीको लागि स्थानीय सरकारले खेल्नुपर्ने भुमिकाका बारेमा चर्चा गर्नुभयो । वडा नम्वर ३ का अध्यक्ष मिनबहादुर केसी पिउने पानीका लागि ब्यबस्थापन गर्ने उहाँले बताउनुभयो । आफूले अध्ययन गरेको विद्यालय हो भन्दै आफ्ना तत्कालीन शिक्षक र विद्यालयका विद्यार्थीलाई समेत स्मरण गर्नुभयो ।

कार्यक्रममा विपि बयालेका प्रधानाध्यापक तुलसी गिरी, राप्ती पहिचान डटकमका यज्ञ बहादुर बुढाले शैक्षिक गुणस्तरको लागि स्थानीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिनु भयो ।

सो अवसरमा नेपाली कांग्रेस वडा नं। ३ का सभापति पार्वती पुन, नेकपा एमालेका दिप बहादुर चन्दले विद्यालयको स्कुल भवन, बेञ्च, डेक्स, खानेपानी , पर्खाल, खेलकुद सामाग्री लगायतका लागि जनप्रतिनिधिलाई हारगुहार गर्दा गर्दा दिक्दार भएको बताउनुभयो ।

उक्त कार्यक्रममा अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कर बितरण गरिएको थियो । शिक्षक कृष्ण गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक झक बहादुर बिकले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस