पोखरा : गण्डकी प्रदेश सभाको हिउँदो अधिवेशन आज सोमवारदेखि सुरु भएको छ । सोमवारको बैठकमा सभामुख मित्रलाल बस्यालले प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाएपछि दुई वटा अध्यादेश टेबल भएको छ
प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गर्नुभएको छ ।
दुई वटा अध्यादेश पेस गरेपछि बैठक स्थगित भएको छ । प्रदेश सभाको अर्को बैठक पुस २९ गतेका लागि बोलाइएको छ ।