सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका(६ मैदेलमा एक घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति फुरी तामाङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।
सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार चुलोबाट सल्किएको आगोले तामाङको घरसहितभित्र रहेका सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । घटनामा कुनै चौपाया तथा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
मुक्ली प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा आज बिहान सवा तीन बजेतिर आगो निभाइएको प्रहरी निरीक्षक माझीले बताउनु भयो ।