माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु ६ जना घाइते

कैलाली : कैलालीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका( ६ बनबेहडामा पूर्वपश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र ०२००१ ज ४०६ नम्बरको माइक्रोबस दुर्घटनामा हुँदा लम्कीचुहा नगरपालिका(१ का कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीका अनुसार प्याकुरेलको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

माइक्रोबसमा १८ जना सवार थिए । जसमध्ये ६ जना घाइते भएका छन् भने ११ जनाको अवस्था सामान्य छ। उनीहरूको अत्तरियास्थित पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस