प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

दाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच, नागरिकता वितरण, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

त्यस्तैगरी नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। साथै भेटमा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेश गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्यअघि बढाउन निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस