गण्डकी प्रदेशसभाका सदस्यहरूले लिए शपथ

कास्की : गण्डकी प्रदेशसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पोखराको नदीपुरस्थित प्रदेशसभा हलको कक्षमा बिहीवार आयोजित शपथ ग्रहणमा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले उनीहरूलाई शपथ खुवाएका हुन्। शपथ ग्रहण समारोहमा सांसदहरू निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र सहित राष्ट्रिय तथा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए।

ज्येष्ठ सदस्य बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधवार शपथ ग्रहण गराएका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभाका ५९ जना सदस्यहरूलाई बिहीबार शपथ खुवाइएको हो।

गण्डकीमा नेपाली काँग्रेसका २७ जना, नेकपा ९एमाले० का २२ जना, नेकपा ९माओवादी केन्द्र० का ८ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना र एकीकृत समाजवादीका १ जना सदस्य रहेका छन्।

प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन्। प्रथम अधिवेशनमा ज्येष्ठ सदस्यका हैसियतले बस्यालले नै अध्यक्षता गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

संविधानको धारा १८३ ९१० अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस