आज जसपाले संसदीय दलको नेता चयन गर्दै

काठमाण्डौ : जनता समाजवादी पार्टी ९जसपा० नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ ।

मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको थियो । दलको नेताका रुपमा संघीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी छ ।

त्यस्तैगरी जसपाले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । आउँदो १८ र १९ गते राजनीतिक समितिको बैठक बस्ने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस