मौसम बुलेटिन :आज काठमाडौंको तापक्रम ३.४ डिग्री सेल्सियस

दाङ : काठमाडौंको न्यूनतम तापक्रम बुधबार यो वर्ष अहिलेसम्मकै कम मापन भएको छ। मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा भने मौसम सामान्यतया सफा रहेको छ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले दिउँसो प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य भू–भागमा मौसम आंशि देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस