प्रचण्ड नेतृत्वको सरकारमा नजाने नेकपा (एस)को निर्णय

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिनुभयो ।

आइतबार नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति भएको हो । प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।

त्यस्तैगरी पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताउनु भयो ।उहाँले अहिले पार्टीले पर्ख र हेरुको नीति लिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस