दाङ : आज हप्ताको छैठौ दिन लगातार बढेको सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
त्यस्तैगरी हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी , आज चाँदीको पनि मुल्य घटेको छ । चाँडी तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।