दाङको तुलसीपुरमा दुर्घटनाको जोखिम

दाङ : दाङको तुलसीपुर स्थित पिपल बोट नजिकै दुर्घटनाको जोखिम बढेको छ । सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढेको हो । संभावित दुर्घटनालाई रोक्न वसपार्कबाट पिपलबोट हुँदै बजार प्रवेश गर्दा र बजारबाट वसपार्क जाँदा तल्लो र माथिल्लो बाटो एकतर्फी बनाइएको छ । तर सवारी चालकले लापरवाही गर्दै उक्त नियम उलंघन गरेको पाइएको छ । विशेष गरेर ट्राफिक नियम उलंघन गर्नेमा मोटरसाईकल र अटो चालक रहेका छन् ।

ट्राफिक नियम पालना गरेर बसपार्क तर्फ जाँदै गरेका सवारी चालक र नियम उलंघन गरेर हुँइकिएर बजार प्रवेश गर्दै गरेका सवारी साधनहरु सनराइज बैंक नजिकै घुम्तिमा दुर्घटना हुने जोखिम बढेको व्यापारी मानबहादुर खड्काले बताउनुभयो ।

यता तुलसीपुर ट्राफिक प्रहरी कार्यालयले एकतर्फी रुढका लागि बोर्ड राखे पनि सवारी चालकले अटेरी गर्ने गरेका कारण समस्या उत्पन्न भएको बताएको छ । प्रायजसो सडक छेउछाउँमा पसल गरेर बसेका लब्धप्रतिष्ठित व्यक्तिले पनि नियम उलंघन गरेको बताउँदै तुलसीपुर ट्राफिक प्रमुख उत्तम जिसीले सडकमा बसेर जरीवान गर्दा पनि सुधार नभएको बताउनुभयो ।

“धेरै पटक सडकमा बसेर एक हजारदेखि पन्ध्रसय रुपैयाँसम्म जरिवाना समेत गरेका छौ । नियम उलंघन गर्नेमा त्यही वरपरका लब्धप्रतिष्ठित व्यापारी पनि छन् । जरीवाना गर्दा उल्टै झगडा गर्न कसिन्छन् । जेलमा हाल्ने नियम छैन । भन्ने हो मान्दैनन् ।” ट्राफिक प्रमुख जिसीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस