बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पदबाट दिए राजीनामा

हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनु भएको छ।

बिहीबार प्रतिनिसिभा सदस्यको शपथ ग्रहण गरेका मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनु भएको छ।

मुख्यमन्त्रीबाट राजीनामा नदिई संघीय सांसदको शपथ लिएको भन्दै उहाको चर्को आलोचना पनि भएको थियो।

उहाले राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद गठन नभएसम्म पाण्डेले नै मुख्यमन्त्रीको कार्य संचालन गर्नुपर्ने संवैधानिक बाध्यता छ।

संविधानको धारा १६९ ले अर्को मन्त्रिपरिषद गठन नभएसम्म उहाले कार्य सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। धारा १६९ ९३० मा मुख्यमन्त्री पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने उल्लेख छ।

तर मुख्यमन्त्रीको मृत्यु भएमा अर्को मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस