दाङमा मौतकी कुवाबाट खसेर भारतीय नागरिक घाइते

दाङ : दाङको तुलसीपुरमा महोत्सव संचालनमा रहेको मौतकी कुवामा मोटरसाइकल चलाउने क्रममा खसेर एक भारतीय नागरिक घाइते भएका छन् । घाइते हुनेमा भारतको मुजफ्फर नगर निवासी २० वर्षका अहिल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

अहिलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मौतकी कुवामा मोटरसाइकल चलाइरहेका बेला अनियन्त्रीत भएर पल्टिदा उनि भुँइमा खसेका थिए । उनको हात, खुट्टा र मुखमा धेरै चोट लागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस