दाङ : दाङकोतुलसीपुरमा खाना पकाउने क्रममा जलेर सिकिस्त भएकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(११ मोतिपुर निवासी ५९ वर्षीया बसन्ती कुमाल रहेको प्रहरीले जनाएको छ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो।
उनका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्मरदेखि मुनिको अधिकांश भाग जलेको थियो। घाइते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो।