हिमस्टारले इलेक्ट्रोनिक्स हिटरहरू बजारमा ल्यायो

दाङ : हिउँद लागेसँगै देशमा चिसो दिनानुदिन बढिरहेको छ । नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ ।
हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुनुका साथै स्तरीय रहेको कम्पनीको भनाइ छ । ‘यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिन्छ’, कम्पनीले भनेको छ ।

हिमस्टारका हिटरहरूको मूल्य २,३९० देखि रु४,०४० रुपैयाँसम्म पर्ने कम्पनीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस