काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका(५ च्याल्टीबाट फर्किंदै गरेको बस सोही गाउँपालिकाको वडा नम्बर ४ चलालमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोराले दुर्घटनामा १७ जनाको मृत्यु भएको जानकारी थाहाखबरलाई दिए। प्रहरीका अनुसार बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। स्थानीय तथा पत्रकार जीवन तामाङका अनुसार १७ जनाकै मृत्यु घटनास्थलमा नै भएको हो।
घाइतेमध्ये धुलिखेल अस्पतालमा ८ जनाको र बाँकी शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपाको शीर अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अस्पतालमा मृत्यु हुने र घाइते गरी २९ जना आइपुगेको भए पनि दुर्घटनाको यकिन विवरण भने आउन बाँकी नै रहेको उनले बताए।
बेथानथोक(५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका(११ सल्ले फर्किंदै गरेका यात्रु लिएर आएको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो।