दाङ : गायिका समीक्षा अधिकारीले सामाजिक संजालमा एउटा स्टाटस लेखेर हटाएकी छिन् । तर, उनको यो स्टाटस भने सामाजिक संजालमा भाइरल भैरहेको छ ।
सामाजिक संजाल फेसबुकमा उनले आफूलाई निक्कै गाह्रो भएको उल्लेख गर्दै लेखेकी छन् –‘मलाई अति नै गाह्रो भैसक्यो । अब म बाँच्न सक्दिनँ ।’ यो निराशाले भरिएको स्टाटस लेखेर उनले केही समयमा नै हटाएकी थिइन् ।
समीक्षा नेपाली सांगीतिक क्षेत्रमा चलेकी गायिका हुन् । तर, पल शाह बलत्कार घटनासँग जोडिएपछि भने उनलाई सामाजिक संजालमा अत्याधिक गाली आउने गरेको छ ।
उनले, आफूलाई तथानाम गाली नगर्न आग्रह गर्दै आएपनि त्यो क्रम रोकिएको छैन । उनीमाथि केही समय अगाडि एक स्टेज कार्यक्रममा ढुंगा समेत प्रहार भएको थियो ।