दाङ : आज सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोलमा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो ।
त्यस्तैगरी हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने यथावत् छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो । आज यही भाउ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन अस्ति सुन तोलाको एक लाख पाँच सय रुपैयाँ र चाँदी १ हजार चार सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।