भीम रावललाई बाइपास गर्दा’ सुदूरपश्चिममा एमाले आफैँ खुम्चियो

दाङ : नेकपा एमाले सुदूरपश्चिममा यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावमा कमजोर देखिएको छ।

सुदूरपश्चिमका प्रतिनिधि र प्रदेशसभा प्रत्यक्षतर्फ ४८ सिटको नतिजामा एमाले पुछारमा पुगेको छ।

गठबन्धनको बलमा ठूलो दल बनेको नेपाली कांग्रेसले सुदूरपश्चिमका ४८ क्षेत्रमध्ये २० स्थानमा जितेको छ। प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १२ क्षेत्रमा कांग्रेस विजयी भएको हो।

सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका ९ र प्रदेशसभाका १८ सिटमा कांग्रेसले प्रतिस्पर्धा गरेको थियो।

स्थानीय तह निर्वाचनअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्र सुदूरपश्चिममा कांग्रेसपछिका ठूला दल बनेका छन्।

नागरिक उन्मुक्ति र माओवादी केन्द्रले कूल ४८ सिटमध्ये समान ८र८ सिट जितेका हुन्। नागरिक उन्मुक्तिले प्रतिनिधिसभातर्फ कैलालीका ३ क्षेत्र र प्रदेशसभाका ५ क्षेत्रमा जित हासिल गरेको हो।

प्रतिनिधिसभामा ‘क्लिन स्विप’ भएको माओवादीले प्रदेशसभामा प्रत्यक्षतर्फ ८ सिट जितेको छ। नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा समान ३र३ गरी ६ क्षेत्रमा विजय प्राप्त गरेको छ।

नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ३ गरेर ५ क्षेत्रमा मात्रै जितेको छ। प्रतिनिधिसभातर्फ एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारी (बैतडी) र तारा लामा तामाङ ९कञ्चनपुर–१० ले बीउ जोगाए।

प्रदेशसभामा बैतडी १ ९१० बाट सुरेन्द्र पाल, कञ्चनपुर १ ९१० बाट वीरबहादुर थापा ९पातल० र डोटी १ ९१० बाट चक्रबहादुर मल्ल विजयी भए।
०७४ मा वाम गठबन्धनसहित चुनावमा होमिएको नेकपा एमाले तुलनात्मक रुपमा यसपटक निकै कमजोर देखिएको हो।

नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, सह(इन्चार्ज कर्णबहादुर थापा, गणेश ठगुन्ना, नारदमुनि राना, नरबहादुर धामी, निरुदेवी पाल, गौरीशंकर चौधरी, झपटबहादुर रावल, झपड बोहरा, गौरीकुमार ओलीलगायत नेता हारे।

०७४ को निर्वाचनमा नेकपा एमालेले प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये ११ र प्रदेशसभाका ३२ मध्ये १७ क्षेत्रमा जितेको थियो। सत्तारुढ गठबन्धनविरुद्ध केही क्षेत्रमा राप्रपा र जसपासँग चुनावी तालमेल गरेर चुनावमा होमिएको एमालेले यसपटक नराम्रो हार खानुपर्‍यो।

सुदूरपश्चिममा एमालेको पराजयका कारणबारे यतिबेला अनेक विश्लेषण भइरहेका छन्।

पार्टी विभाजन, गठबन्धन दलसँगको प्रतिस्पर्धा, टिकट वितरण, पार्टीभित्रको आन्तरिक द्वन्द्व र भीम रावल ‘फ्याक्टर’ले गर्दा एमालेले यसपटक कमजोर प्रदर्शन गरेको विश्लेषण भइरहेको छ।

टिकट वितरणमा नमिलेका कारण पनि एमाले केही ठाउँम हारेको नेताहरु बताउँछन्। वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश कमिटीले अछाम १ मा उम्मेदवारीका लागि डा। भीम रावलको नाम एकल सिफारिस गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन्। ०४८ देखि अछाममा चुनाव लडिरहेका रावललाई टिकट नदिएर उनले माओवादी पृष्ठभूमिका झपड बोहरालाई दिए।

रावलको टिकट खोसिएपछि रावलनिकट नेतारकार्यकर्ताले सामूहिक राजीनामा दिए। मनोनय दर्ताका दिन रावलनिकट कार्यकर्ताले अछाममा ओलीविरुद्ध नाराबाजी मात्रै गरेनन्, बोहरालाई कालो झण्डासमेत देखाए।

टिकट नपाएपछि असन्तुष्ट रावल चुनाव प्रचारप्रसारमा अछाममा देखिएनन्। उनी मतदानका लागि मात्रै अछाम पुगेका थिए।

यसको फाइदा विपक्षी उम्मेदवार शेरबहादुर कुँवरले उठाए। कुँवर एमालेमा हुँदा रावलका विश्वासपात्र थिए। कुँवरले टिकट नपाएर असन्तुष्ट रहेका रावलको समर्थन आफूलाई रहेको भन्दै प्रचार गरेर सहानुभूतिको मत तानेको अनुमान गरिएको छ।

तर रावलको टिकट थमाइएका बोहराले अछाममा चुनाव हारे। अछाम २ मा पनि एमालेका यज्ञबहादुर बोगटी विजयी हुन सकेनन्। अछाममा मात्र होइन, बाजुरा, कैलालीलगायत जिल्लामा रावलको असन्तुष्टिको प्रभाव परेको एमालेका एक नेता बताउँछन्।

‘अध्यक्षज्यूले भीम कमरेडविरुद्ध पूर्वाग्रह राख्नुभयो, कुनै जिम्मेवारी दिएर चुनावमा सक्रिय बनाउनुपर्थ्यो’, ती नेताले भने, ‘उहाँ ९रावल० सक्रिय नहुँदा माहोल बिग्रिएको देखिन्छ।’

ती नेताका अनुसार रावलको पकड रहेका कैलाली, अछाम र बाजुरामा त्यसको प्रभाव परेको थियो।

कञ्चनपुरको चुनावी सभामै केही कार्यकर्ताले रावलको खोजी गरेपछि एमाले अध्यक्ष केपी ओलीले रावलप्रतिको पूर्वाग्रह छरपस्ट पारेका थिए।

अछाममा चुनावी सभाका क्रममा कार्यकर्ताले भीम रावलको नाम चर्को आवाजमा लिएपछि रिसाउँदै ओलीले भनेका थिए, ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्‍योरु ०४८ देखि एकछिन मुख खाली छैन, बूढो भइसक्नुभयो। बेकारमा किन भीम रावलको चिन्तारु अरुलाई पालो दिनुपर्दैनरु एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्यारु के भीम रावलरु थुप्रो रावलहरु हुनुहुन्छ सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ।

ओलीको उक्त भनाको चौतर्फी आलोचना भइरहँदा लेखराज भट्टविरुद्ध चुनाव लडिरहेका कांग्रेसका नेता वीरबहादुर बलायरले पनि मौका छोपे।

उनले चुनावी प्रचारप्रसारका क्रममा भाषणमै भनेका थिए, ‘भीम दाजु, तपाईंका पछाडि हामी छौं, तपाईंका एजेन्डा हामी उठाउनेछौं, तपाईं नडराउनु होला।’

यो अवसरमा विपक्षी उम्मेदवार रावलनिकटका मत तान्न सक्रिय भए।

रावलविरुद्ध ओली दैलेखमा पनि कड्किए। ‘भीम रावलको माया लाग्या भए त्यहाँ पारि अछाम जानू’, ओलीले भनेका थिए।

लामो समय पार्टी निर्माण तथा नेतृत्वमा रहेका नेतालाई मूल नेतृत्वबाटै पटकपटक प्रहार भएपछि उनका समर्थक रिसाएका थिए।

अछाममा एमाले हार्नुमा रावलप्रति राखिएको पूर्वाग्रहको प्रत्यक्ष असर परेको एमाले नेता गोविन्द कुँवर बताउँछन्।

‘उहाँलाई टिकट त दिइएन, त्यसपछि उहाँलाई परिचालन गर्नुको सट्टा उल्टै अध्यक्षबाटै चुनावी सभामा प्रहार गरियो,’ उनले भने, ‘रावलले यसोउसो गर त भन्नु भएन तर उहाँमाथि लगातार प्रहार गर्दा समर्थकमा खासै उत्साह देखिएन।’

रावलप्रति भएको व्यवहारले एमालेको चुनावी नतिजामा कतै न कतै प्रभाव परेको आकलन गर्छन, एमाले कैलालीका नेता लोकेन्द्र शाही। ‘उहाँ चुपचाप लागे पनि केही न केही असर त परेकै देखिन्छ,’ उनले भने।

डोटीमा प्रतिनिधिसभाका लागि सिफारिस चक्र मल्ललाई प्रदेशमा झार्दै गौरीकुमार ओलीलाई टिकट दिएपछि माहोल बिग्रिएको एमाले डोटीका एक नेता बताउँछन्।

‘उम्मेदवार छनोटमा ध्यान दिइएन, आफू निकटलाई टिकट दिइयो, त्यसले पनि नतिजामा प्रभाव पारेको देखिन्छ,’ ती नेताले भने।

बाजुरामा पनि यस्तै अवस्था देखियो। प्रदेशसभा ‘१’ मा पूर्वमाओवादी नेता सहदेव बोगटीले टिकट पाएका थिए। केन्द्रले बोगटीलाई टिकट दियो। तर, मनोनयनअघि उनको टिकट खोसियो।

बोगटीको टिकट खोसेर बलदेव रेग्मीलाई उम्मेदवार बनाइयो। जसका कारण पूर्व माओवादीहरूमा जिल्लाका एमाले नेताहरू मिलेर आफूहरूलाई हेपेको मनोभावना पर्‍यो। जुन कुरा मतदानमा पोखिएको जिल्ला कमिटीका एक नेता बताउँछन्।

लेखराज भट्ट र कर्णबहादुर थापा सुदूरपश्चिममा भीम रावलविरोधी कित्ताका नेताहरुमा गनिन्छन्। एमाले सुदूरपश्चिमा यी तीनै नेता आआफ्नै गुट चलाउँछन्।

रावलको टिकट रोक्नुको पछाडि भट्ट र थापाको ठूलो भूमिका रहेको नेताहरुको बुझाइ छ। त्यसैले गर्दा उनीहरुलाई रावलको सहयोग नभएको एमाले नेताहरुको विश्लेषण छ।

‘रावल र थापाको सम्बन्ध धेरै अगाडिदेखि राम्रो छैन, इन्चार्ज खोसिएपछि भट्टसँग पनि रावलको तिक्तता छ’, एक एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यले भने, ‘उनीहरुको आन्तरिक द्वन्द्वले गर्दा एमालेको सोचेअनुसारको नतिजा आएन।’

बाजुरामा रावलनिकट नेता प्रकाशबहादुर शाह प्रदेशसभाको टिकटका आकांक्षी थिए। तर, लालबहादुर थापाले शाहलाई टिकटबाट वञ्चित गरिदिए। जसका कारण चुनावी प्रचारमा औपचारिकता निभाउन देखिए पनि खुलेर लागेनन्।

‘बाजुरामा भीम रावलको कुनै प्रभाव छैन भन्ने सोचेका थिए, तर, चुनावमा देखियो कति प्रभाव रहेछ भनेर, शाहसँग १५ सय मत थियो, त्यो मत एमालेका उम्मेदवारले पाएनन्,’ एमाले बाजुराका एक नेताले भने।

सुदूरपश्चिममा एमाले विभाजनले चुनावी नतिजामा असर गरेको एमाले प्रदेश सचिव धर्मराज पाठक बताउँछन्।

‘पार्टी विभाजित नभएको भए धेरै ठाउँमा जित्ने अवस्था थियो, गठबन्धनलाई पनि पूर्णता चिर्न सकेनौं,’ उनले भने,‘त्यसैले जित्ने क्षेत्रमै पनि हार बेहोर्नु पर्‍यो।’

प्रतिक्रिया दिनुहोस