दाङ :दाङको तुलसीपुरका किसानलाई डेविट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ का किसानहरुलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० जना किसानलाई डेबिट कार्ड र १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।
सीसा परियोजना,सीमिट इन्टरनेश्नल र आईडीई नेपालको आर्थिक सहयोगमा मेघा बैंकले उक्त डेविट र क्रेडिट कार्ड वितरण गरेको हो ।
डेविट र क्रेडिट कार्डले किसानहरुलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानहरुलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाई थियो