रोल्पा : नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् ।
शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ ।
घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।
त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेले रोल्पाकी यमुना रोक्का तामाङलाई छनौट गरेको छ । रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट भएकी हुन् ।