जङ्गली माहुरी टोकाइबाट एक जनाको ज्यान गयो

सिन्धुली : सिन्धुलीमा जङ्गली माहुरी अर्थात् घारेको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हो ।

सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जङ्गली माहुरीको टोकाइबाट घाइते भएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस