पाल्पा : पाल्पाको बगनासकाली गाउँपालिका–३, मा कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा घाइते भएका रूपन्देहीको ओमसतिया गाउँपालिका–१, बस्ने ३४ वर्षीय रामबहादुर गुप्ताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिद्धार्थ राजमार्ग हुँदै बगनासकाली–३, बाट राम्दी तर्फ जाँदै गरेको लु २९ प ४३२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कार ठोक्किएका हुन्।
गुप्तासँगै मोटरसाइकलमा सवार ३० वर्षका भीमबहादुर बस्याल घाइते भएका छन्।