प्रहरीद्वारा फेला परेको सामान कृष्ण मल्ललाई बुझाईयो

सल्यान : सल्यानमा बाटोमा भेटाएको सामान बुझाईएको छ । नेपालगन्ज बाट सल्यान आउँदै गरेका कृष्ण बहादुर मल्लले बसको झ्यालबाट पैसा र गरगहना सहितको हाते झोला खसालेका थिए ।

बाँके बगेश्वरी का मल्लले आफ्नो सामान हराएको भनि प्रहरीलाई मौखिक खबर गरेपछि दाङ्स-ल्यान सडक खण्डमा उक्त सामान अर्को सवारीसाधन चालकले फेला पारी अस्थायी ट्राफिक प्रहरी पोष्ट,(सिमखोली)बाङ्गेलाखुरीको जिम्मा लगाएको ट्राफिक प्रहरी नमराज जैसीले बताउनुभएको छ ।

ट्राफिक प्रहरी जैसीको अनुसार झोला भित्र नगत १५,०५०/- रुपैयाँ , सुनका गहना जस्ता देखिने अन्दाजी १।५ तोला बराबरका गहना,नागरिकता २ थान लगायतका सामान स्थानीय को रोहवरमा मल्ललाई बुझाईको छ ।

प्रतिक्रिया दिनुहोस