दोलखाभा एमालेको लाल किल्ला भत्त्काउदै कांग्रेसका कुन्दराज काफ्ले विजयी

दोलखा : दोलखा प्रदेश ‘१’ बाट बागमती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् ।

नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् । काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । २०५२ सालको उप -निर्वाचनमा स्व नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनै पनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

को हुन् काफ्ले ?

काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनिति सुरु गरेका थिए । २०६० सालमा पशुपति क्याम्पस स्ववियु सभापति बनेका काफ्ले सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघ महामन्त्री बनेका थिए ।

नेपाली कांग्रेस १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बने भने १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य निर्वाति भए ।

प्रतिक्रिया दिनुहोस