आज सुनको मुल्य तोलामा एक हजार बढ्यो

दाङ : सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस