युवती हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ

बैतडी : बैतडीमा घाँटी रेटी हत्या गरिएकी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन्।

मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई बैतडी प्रहरीलाई बुझाउने तयारी छ।

२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए।

कोलीले गत १३ गते साँझ धारिलो हतियारले घाँटी रेटेर मायाको हत्या गरेको आरोेप छ। मायासँगै रहेकी उनकी भदै नेहा घाइते छिन।

उनको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ।

परिवारले शिवनाथ गाउँपालिका–४ का कोलीले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। ५ दिन देखि प्रहरी उनको खोजीमा थियो।

प्रतिक्रिया दिनुहोस