बाजुराबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका बद्री पाण्डे निर्वाचित

दाङ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।

राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

प्रदेश सभातर्फ क्षेत्र नं.१ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस