रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा : रोल्पा जिल्लामा शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका (६ बाझबाङबाट स्थित भित्री सडकखण्ड हुँदै सामान लिएर प्युठानको किमिचौर जादै गरेको लु १ च ५४६४ नम्बरको बोलेरो जीप रोल्पा नगरपालिका (५ भैसीकुटीमा सडकदेखि करिब २०० मिटर तल खोलमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

मृत्यु हुनेमा जीप चालक रोल्पा नगरपालिका (५ बाझबाङ बस्ने ३६ वर्षिय निलेश कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताउनु भयो।

दुर्घटनामा परि सोहि गाडीमा सवार मृतक गाडी चालक कुँवरका ११ वर्षिय छोरा प्रताप कुँवर घाइते भएका छन। उनको टाउको लगाएत शरीरका विभिन्न भागमा चोट लागेको र उपचारका लागि प्युठान तिर पठाइएको प्रवक्ता भुसालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस