गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भयो : नेता मातृका यादव

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशमा गठबन्धन नफापेको बताएका छन्। गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने दाबी गर्नु भयो।

शनिबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले प्रचण्ड प्रधानमन्त्री बने देशको कल्याण हुने बताउँदै सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताउनु भयो।

‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो क्षमता छ। अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन,’ उहाले भन्नु भयो ।

साथै यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग मिल्न जानु राम्रो नहुने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस