विश्वकप फुटबल:आजदेखि अन्तिम १६ को खेल हुँदै

दाङ : कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् ।

आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।

समूह ए मा अपराजित रहेको नेदरल्याण्ड ७ अंक जोडेर समूह विजेता बनेको थियो । समूह चरणमा नेदरल्याण्ड्सले सेनेगललाई २(० ले पराजित गर्दै विश्वकप सुरु गरेको थियो । दोस्रो खेलमा इक्वेडरसाग १(१ को बराबरी खेलेको नेदरल्याण्ड्सले तेस्रो खेलमा आयोजक कतारलाई २(० ले पराजित गरेको थियो ।

यस्तै अमेरिका समूह बी को उपविजेता बन्ने क्रममा अपराजित रह्यो । पहिलो खेलमा अमेरिकासँग १(१ को बराबरीमा रोकिएको अमेरिकाले दोस्रो खेलमा इंग्ल्याण्डलाई गोलरहित बराबरी रोकेको थियो । निर्णायक तथा अन्तिम खेलमा इरानलाई १(० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६मा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस