छिमेकीको हत्या गरेको आरोपमा दुई जना पक्राउ

धनुसा : कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव पक्राउ परेका हुन्। घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनु भयो।

गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका थिए।

दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए।

प्रतिक्रिया दिनुहोस