दाङ : युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन, रोक्का गरी राखिएको रूसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छन्।
रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरिनुका साथै रुसी कुलीन वर्गको सम्पत्ति जफत गरिएको उनले बताइन्।
ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको – जसले रूसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उनले उल्लेख गरेकी छन्।