डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति वडाध्यक्ष पुष्पराज जोशी भएको छ। उहाँको हृदयघातका कारण निधन भएको हो।
बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो।
उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उहाँको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताउनुभयो।
जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो