पाल्पामा एकै दिन दुई शव फेला


दाङ : पाल्पा जिल्लामा बुधबार एकै दिन दुई शव फेला परेको छ।

रिब्दीकोट गाउँपालिका–१ जेगीथुमकी ४९ वर्षीया तिलाकुमारी कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।

उहाका अनुसार सोही वडाको सातमुरेस्थित रिडी खोलामा बुधबार दिउँसो ३ बजेतिर ती कुमालको शव डुबेको अवस्थमा फेला परेको हो। खोलाको बिच भागमा फेला परेकी उनको बायाँ गोडाबाहेक अन्य शरीरको भाग पानीमा डुबेको थापाले जानकारी दिनुभयो

त्यस्तैगरी बुधबार नै बगनासकाली गाउँपालिका–३ पाखण्डीमा एउटा बेवारिसे शव फेला परेको छ। सोही ठाउँका सर्वजित थापाको बारीमा शव फेला परेको प्रनाउ थापाले बताए। ​स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सडेको अवस्थामा फेला परेकाले शवकोपहिचान हुन सकेको छैन।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस