दाङ : सुनसरी-४ मा( विवादपछि मतगणना स्थगित भएको मत गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो
शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी(४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ ।
कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएपछि आजदेखि गणना हुन लागेको हो ।