पाल्पा निर्वाचन-२ बाट एमालेका ठाकुरप्रसाद गैरे विजयी

दाङ : पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा ९एमाले० का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । उनी ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएका छन्

गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गर्दा । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी० का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस