रौतहटमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु


दाङ :रौतहटको गौर नगरपालिका(१ स्थित इस्लाम सिरक डसना पसलमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान जलेर घाइते छन् । उनीहरूको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस