सिन्धुली २ को दुई वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

दाङ : सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुई वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर २ को १ मा नेकपा एमालेका बिनोदकुमार खड्कालाई ५ हजार २०३ मतान्तरले पछि पार्दै गठबन्धन तर्फका नेपाली काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी हुनुभएको हो । नेपाली कांग्रेसका छेत्र बहादुर बम्जनले १६ हजार ८३५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका बिनोदकुमार खड्काले ११ हजार ६३३ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ को २ मा नेकपा माओवादी केन्द्रका गङ्गा नारायण श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई ३ हजार २१२ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १३ हजार १ सय मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका पौडेल ले ९ हजार ७८९ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस