दाङ : काठमाडौं क्षेत्र नं. ७ प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठ पाँच हजार २१८ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत उषा श्रेष्ठका अनुसार उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सविन तामाङले पाँच हजार १३७ मत पाए।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार ७९७ मत प्राप्त गरे।