सिन्धुपाल्चोक -१ (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नं.१ को प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी भएकी छिन्। खड्काले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ ९डीबी० लाई पराजित गरेकी हुन्।

कांग्रेसबाट गठबन्धनको उम्मेदवार मसिनाले १४ हजार ५७ मत प्राप्त गरेकी छिन्। निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार २२५ मत पाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्मला श्रेष्ठले एक हजार ९९१ मत प्राप्त तेस्रो भए। यो प्रदेश सभामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

प्रतिक्रिया दिनुहोस