अछाम क्षेत्र नम्बर–१ मा नेकपा (एस) शेरबहादुर कुँवर विजयी

दाङ : नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अछामबाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी हुनुभएको छ ।

उहाँले १९ हजार ५३४ मत प्राप्त गर्नुभयो । कुँवरका प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभयो । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये २१ क्षेत्रमा उम्मेद्वार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको मतगणना अनुसार १ क्षेत्रमा विजयी हुँदा ५ क्षेत्रमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस