दाङ : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य तीव्र गतिमा जारी छ। काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।
काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा पनि सर्वदलीय बैठक बसेर मत गणना कार्य धमाधम भइरहेको हो।
मतगणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको उपस्थितिमा मतगणना कार्य भइरहेको हो। देशभर नै विभिन्न मत गणनास्थल बनाएर मत गणना कार्य जारी छ।
त्यस्तैगरी मुस्ताङमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी बनेका छन्। यससँगै नेपाली कांग्रेसले प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यमा जित निकाल्दै खाता खोलेको छ।
अहिले पनि विभिन्न मत गणना स्थलमा मत गणना कार्य जारी छ। देशभरका विभिन्न १५ स्थानमा आइतबार स्थगन भएको मतदान जारी छ भने केही स्थानको मतदान भने मंगलवार हुनेछ।
दुर्गम हिमाली जिल्लाहरुबाट मतपेटिकाहरुहरु जम्मा पार्ने काम पनि भइरहेको आयोगले जनाएको छ।