झापा : झापामा अहिले बिहानदेखि मतगणना सुरु भएको छ । आज बिहान ३ बजेर ३० मिनेटदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।
झापा– २ मा अहिले एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँचरछ ठाउँबाट गणना सुरु गरिने मत गणक सौगात कटुवालले जानकारी दिनुभयो ।
करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उहाँले बताउनु भयो ।