६१ प्रतिशत मत खस्यो १५ ठाउँमा मतदान स्थगित : आयाेग

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो। प्रमुख आयुक्त दिनेश थपिलयाले प्रारम्भिक जानकारी अनुसार ६१ प्रतिशत मतदान भएको बताउनु भयो । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भन्दै उनले पूर्ण विवरण आएपछि यो संख्या थप बढ्ने बताउनु भयो।

यद्यपी यो आयोगको अपेक्षा भन्दा कमी हो। उहाले भन्नु भयो।

​त्यस्तैगरी केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस